भारतमा थप १८ हजार सङ्क्रमित थपिए

बुधबार, असोज १३, २०७८

नयाँदिल्ली । भारतमा थप १८ हजार ८७० जना नयाँ सङ्क्रमित थपिएका छन् । सङ्क्रमित भएका मध्ये ११ हजार १९६ जना केरलाका मात्रै रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  सरकारी अधिकारीले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ३७८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै कुल मृतकको सङ्ख्या चार लाख ४७ हजार ७५१ पुगेको छ ।  भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या दुई लाख ८२ हजार ५२० रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो सङ्ख्या १९४ दिनपछिकै सवैभन्दा कम हो ।  भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड २९ लाख ८६ हजार १८० पुगेको छ । तीमध्ये २८ हजार १७८ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन् । पछिल्लो समय दैनिक नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घटेको हो । पछिल्लो एक दिनमा देशभरी १५ लाख चार हजार ७१३ जनाको कोरोना परीक्षण गरिएको छ । योसँगै अहिलेसम्म ५६ करोड ७४ लाख ५० हजार १८५ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।–एएनआई
 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १७:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार