कारागारमा कैदीबीच भएको झडपमा २४ को मृत्यु, ४२ घाइते 

बुधबार, असोज १३, २०७८

क्वीटो । इक्वेडरको एक कारागारमा भएको झडपमा परेर कम्तीमा पनि २४ कैदीको ज्यान गएको बताइएको छ । यहाँको कारागारमा राखिएका कैदीबीच भएको झडपमा उनीहरु मारिएका हुन् । त्यस क्रममा अरु ४२ जना घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । मङ्गलबार यहाँको समुन्द्रीय तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो । यहाँको राष्ट्रिय प्रहरीले ती कैदीबीच के कति कारणले झडप भएको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको जनाएको छ ।– सिन्ह्वा    
 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १७:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार