लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगन

बुधबार, असोज १३, २०७८

रुपन्देही । लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगन भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक असोज २० गते बस्ने गरी सारिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले)  संसदीय दलले पार्टीको विधान महाधिवेशनमा सहभागी हुनुपर्ने भएकाले बैठकमा उपस्थित हुन नसक्ने कारण देखाएपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक सारेका हुन्। प्रदेशसभाको नवौँ अधिवेशन सुरु भएयता कुनै बैठक पूर्णरुपमा बस्न सकेका छैनन् । एमालेले आफ्ना सांसदद्वय जय शाही र बिमला वलीलाई कारवाही गर्नुपर्ने माग राखी लगातार सदन अवरुद्ध गर्दै आएको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १४:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार