सोसल मिडिया
Contact Us
युनिकोड
इस्लामाबाद । पाकिस्तानले १२ वर्ष र सोभन्दा माथिका उमेर समूहका बालबालिकालाई लक्षित गरी कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । यहाँका योजनामन्त्री असद उमारले मङ्गलबार उक्त घोषणा गरेका छन् । हाल पाकिस्तानमा कोरोना सङ्क्रमणबाट हुने मृत्युमा कमी आएको छ । मन्त्री उमारले ट्वीट गर्दै छिटै यो अभियान विद्यालय केन्द्रित भई सञ्चालन गरिने जनाएका छन् । पाकिस्तानमा पछिल्लो २४ घण्टामा एक हजार ४०० नयाँ सङ्क्रमित फेला परेका छन् भने भाइरस सङ्क्रमणका कारण ४१ जनाले ज्यान गुमाएका छन् । पाकिस्तानमा जुलाइदेखि दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ५०० भन्दा कम भएको यो पहिलो पटक हो ।–एपी