चीनमा पानी जहाज दुर्घटना हुँदा बाह्रको मृत्यु, अरु कैयौँ बेपत्ता 

मंगलबार, असोज १२, २०७८

गुयाङ । चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन  जना हराईरहेका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । अत्यधिक भारीका कारण पानी जहाज पल्टीएको हुनसक्ने प्रारम्भीक अनुमान गरिएको छ । दुर्घटना भएका बेला जहाजमा कुल ४० यात्रु रहेका थिए । घटनापछि अरुलाई उद्धार गरिएको थियो भने हराईरहेकाहरूको अहिले पनि खोजी भइरहेको जनाइएको छ । खोजीका लागि ५० भन्दा बढी उद्धार जहाज, २१४ जना उद्धारकर्तालगायत परिचालन गरिएको छ ।– एएनआई
 

प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  २२:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार