परराष्ट्रमन्त्रीले लिएको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

मंगलबार, असोज १२, २०७८

काठमाडौँ ।  परराष्ट्रमन्त्री डा. नारायण खड्काले लिएको शपथ बदर गर्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवालगायतलाई विपक्षी बनाई अधिवक्ता विशाल न्यौपानेले आज दायर गरेको रिट निवेदनमा कानून निर्माण नगरी गरिएको शपथ असंवैधानिक भएको उल्लेख छ । कानूनले परिकल्पना गरेको कुनै ढाँचाबिना असंवैधानिक तरिकाले शपथ गराइएको रिट निवेदनमा उल्लेख छ । संविधानबमोजिम कानून बनाई शपथ नलिएसम्म मन्त्रीको हैसियतमा काम नगर्न आदेशको माग रिट निवेदनमा गरिएको छ । उक्त रिट निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी बुधबारका लागि तोकिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  २१:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार