नेपाली कांग्रेस ललितपुरले छान्यो पालिका स्तरका नेता

मंगलबार, असोज १२, २०७८

ललितपुर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पालिकास्तरमा भएको अधिवेशनबाट संस्थापन पक्ष बलियो देखिएको छ । संघीय संरचनामा रुपान्तर भएपछि हुन लागेको कांग्रेसले १४ औं महाधिवेशनका लागि वडा स्तरी तथा पालिका स्तरीय अधिवशेन सम्पन्न गरेको छ । वडामा मिश्रित परिणाम आएपनि पालिका स्तरमा भएको अधिवशेनले संस्थापन पक्षलाई ललितपुरमा बलियो देखाएको छ । 
ललितपुरमा एक महानगरपालिका, २ नगरपालिका ३ गाउँपालिका छन् । गोदावरी नगरपालिका, बागमती गाउँपालिका र महाँकाल गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भए पनि ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र कोन्ज्योसोज गाउँपालिकामा मतदान प्रक्रियाबाट कार्यसमिति चयन भएको हो ।  ललितपुर महानगरपालिकामा सुभानन ध्वाख्वा विजयी भएका छन् । उनले दुई यस ८२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी गणेश भक्त श्रेष्ठले २२१ प्राप्त गरे । महालक्ष्मी नगरपालिकामा दिवाकर सिलवाल ८२ मतले विजयी भए भने उनका प्रतिस्पर्धी सुशील खड्काले ८० मत प्राप्त गरेका छन् । 
कोन्ज्योसोम गाउँपालिकामा सरोज घलानले ४५ मत प्राप्त गरी सभापति चयन भए । अर्का उम्मेदवार जीवन बलले ३७ मत प्राप्त गरेका थिए ।  गोदावरी नगरपालिकामा प्रदिप जोशी, बागमती गाउँपलिकामा वीरबहादुर लोप्चन र महाँकाल गाउँपालिकाममा खोमप्रसाद दहाल सर्वसम्मत रुपमा सभापति चयन भए । पालिका स्तरमा संस्थापन पक्ष बलियो देखिएपछि जिल्ला सभापतिमा पनि संस्थापन पक्षले पल्लाभारी गर्न सक्ने आँकलन गरिएको छ । जिल्ला सभापतिका लागि जीतेन्द्र श्रेष्ठले उम्मेदवारी घोषणा गरिसकेका छन् भने संस्थापन पक्षले कसलाई उम्मेदवार बनाउने हो त्यो भने तय गरिसकेको छैन ।  

प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  १४:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार