माओवादी नेता वर्षमान पुन अस्वस्थ्य,  थप उपचारका लागि बैंकक जाँदै

मंगलबार, असोज १२, २०७८

काठमाडौँ ।  लामो समयदेखि कमलपित्त रोगबाट पीडित नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुन थप उपचारका लागि बुधबार थाइल्याण्ड लगिने भएको छ ।  पछिल्ला केही दिनदेखि उनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि बैंकक लैजान लागिएको हो । नेता पुनलाई कमलपित्तको मात्रा बढेको, वान्ता हुने र ज्वरो आउने जस्ता समस्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो । कमलपित्तको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै नेता पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिएको थियो ।  नेता पुनका स्वकीय सचिव सन्तोष पुनले अध्यक्ष प्रचण्डलगायतका नेताहरुको सल्लाहपछि थप उपचारका लागि उहाँलाई थाइल्याण्डको बु्रमुङगार्ड अस्पताल लैजाने तयारी गरिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार नेता पुनलाई वंशानुगत रुपमा सङ्क्रमण भएको कमलपित्तले दुःख दिने गरेको छ । 

प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  १४:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार