सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले संसद्को मानमर्दन गर्दै राष्ट्रपतिमार्फत राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकोमा आपत्ति जनाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको दूतका रुपमा आफूलाई भेट्न बालकोट निवास आएका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत प्रधानन्त्रीलाई पठाएको सन्देशमा ओलीले संसद् अधिवेशन हठात अन्त्य गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने र संसद चलिरहेका बेला राष्ट्रपतिमार्फत खारेज गर्नु षडयन्त्रपूर्ण र बदनियतपूर्ण भएको भन्दै आक्रोश पोखेका छन् । ‘चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलका विरुद्धको षडयन्त्र थियो, जुन संविधान विपरीत थियो,’ ओलीलाई उदृत गर्दै प्रेस नोटमा भनिएको छ, ‘संसद् अधिवेशन चालु रहेकै बेला संसदमा प्रस्तुत विधेयकको वास्ता नगरी, संसद्को मानमर्दन गर्दै जारी गरिएको अध्यादेश खारेजीको सूचना असंवैधानिक, गैरकानुनी र दुःषित मनसायबाट अभिप्रेरित, दलीय व्यवस्था र प्रमुख प्रतिपक्षी दल विरुद्ध लक्षित छ भन्ने कुरा प्रष्ट छ ।’ ओलीका प्रेस सहयोगी रामशरण बजगाईंले ओली–कार्की भेटपछि प्रेस नोट सार्वजनिक गरेका हुन् ।