दुई दल विभाजन प्रयोजनका लागि ल्याइएको राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

मंगलबार, असोज १२, २०७८

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश (दोस्रो संसोधन)  २०७८ खारेज गरेकी छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेजका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । संविधानको धारा ११४ को उपधारा (२) को खण्ड ‘ख’ बमोजिम अध्यादेश खारेज भएका राष्ट्रपति कार्यालयले जनाएको छ ।
एमाले विभाजन गर्न माधव नेपाल समूह तथा जसपाबाट महन्थ ठाकुर समूहलाई बाटो खोल्ने उद्देश्यले सरकारले अध्यादेश जारी गरेको थियो । सोही अध्यादेशले व्यवस्था गरेको प्रावधानका आधारमा एमालेबाट फुटेको समूहले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेको छ । एमाले विभाजनको उद्देश्यपूर्ति सँगै सरकारले अध्यादेश खारेज गरेको हो । अध्यादेशका कारण सत्तारुढ दलहरुहरु भित्रै विभाजनको त्राश थियो ।
अध्यादेश खारेजसँग अब सरकार विस्तारको काम अघि बढ्ने सरकारी अधिकारीको भनाई छ । लगभग तीन महिनादेखि सरकारले पूर्णता नपाउँदा सरकार गतिहीन अवस्थाबाट चलिरहेको छ । 

प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  ०८:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार