चीनको सिचुवानमा पहिरोजाँदा दुईको मृत्यु, १२ जना बेपत्ता 

आइतबार, असोज १०, २०७८

चेन्दु । चीनको सिचुआन प्रान्तको दक्षिणपश्चिम क्षेत्रमा टियानक्वान काउन्टीमा भारी वर्षापछि गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने कम्तीमा १२ जना हराइरहेका भएका स्थानीय अधिकारीहरूले आइतबार जानकारी गराएका छन् ।  बिहानै गएको पहिरोमा कम्तीमा ६२ जना फसेकोमा साँझ ५ बजेसम्ममा दुई मृत शरीरसहित ५० जनालाई घटनास्थलबाट निकालिएको छ । घाइते अवस्थामा उद्धार गरिएका सबैजनालाई स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । तियानक्वान काउन्टीको प्रशासनिक केन्द्र याआन सहरको आकस्मिक व्यवस्थापन ब्यूरोका अनुसार हराइरहेका नागरिकको खोजीका लागि कम्तीमा ७०० उद्धार अधिकारी र ७० भन्दा बढी गाडीहरू घटनास्थलमा पठाइएको छ ।–सिन्ह्वा
 

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  २१:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार