अफगानिस्तानद्वारा एशियामा मानवीय सहयोग प्रवाह गर्ने अमेरिकी कदमको स्वागत

आइतबार, असोज १०, २०७८

काबुल । अफगानिस्तानको नवगठित तालिबानी प्रशासनले संयुक्त राज्य अमेरिकाले एशियाली देशमा मानवीय सहायता प्रवाह गर्ने कदमको स्वागत गरेको छ ।
यहाँको परराष्ट्र मन्त्रालयका  प्रवक्ता अब्दुल कहार बल्खीले आइतबार जनाएअनुसार “अफगानिस्तानको इस्लामिक इमिरेट्सको विदेश मामिला मन्त्रालयले अमेरिकी सरकारी निकायलाई अन्तरराष्ट्रिय र गैरसरकारी संस्थासँगै बैंकले खाना र औषधिको प्रवाहलाई सहज बनाउनका लागि अनुमति दिने पछिल्लो निर्णयको स्वागत गरेको छ ।”
अफगानिस्तानले अमेरिका र अन्य अन्तरराष्ट्रिय सङ्गठनसहित सबै देश अफगानिस्तानको नयाँ सरकारसँग सम्बन्ध स्थापित गर्दै अफगानी जनतालाई मानवीय सहायता प्रदान गर्ने कार्यमा सहयोगी हुने अपेक्षा गरेको छ । 
तालिबानी काम चलाउ सरकारका कार्यबाहक परराष्ट्रमन्त्री अमीर खान मुत्ताकीले अफगानिस्तान छिमेकीलगायत सबै देशसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न चाहेको बताएका छन् । 
यसैबीच अमेरिकाले शुक्रबार लाइसेन्स जारी गर्दै अमेरिकी सरकार, गैरसरकारी संस्था र अन्य केही अन्तरराष्ट्रिय सङ्गठनलाई अफगानिस्तानलाई मानवीय सहायता प्रदान गर्न अनुमति दिएको छ ।
यस महिनाको शुरुमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अफगानिस्तानमा पूर्णआर्थिक पतनको सम्भावना “गम्भीर” रहेको चेतावनी दिँदै अफगानिस्तानलाई आर्थिक सहायता उपलब्ध गराउन अन्तरराष्ट्रिय समूदायलाई आग्रह गरेका थिए । 
उनले अफगानिस्तानको लागि १.२ बिलियन अमेरिकी डलर राहत दिने बाचा गर्ने देशलाई छिटो कदम चाल्नसमेत आग्रह गरेका थिए भने तालिबानी अधिकारीले उक्त सहायता पारदर्शी ढङ्गले लक्ष्यित समूहमा पु¥याउने प्रदिबद्धता पनि व्यक्त गरेका थिए ।  

अफगानिस्तानलाई राजनीतिक प्रक्रियामा ल्याउन तालिबानसँग सहकार्य गर्नुपर्ने 

रुसी विदेशमन्त्री सेरगेई लाभरोभले अफगानिस्तानका तालिबानसँगको सहकार्य बिना उनीहरुलाई राजनीतिक प्रक्रियामा ल्याउन सम्भव नभएको बताएका छन् । 
संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन हाल न्युयोर्क रहनुभएका विदेशमन्त्री लाभरोभले शनिबार यहाँ पत्रकार सम्मेलनका क्रममा अफगानिस्तानलाई पनि राजनीति प्रक्रियामा ल्याउनुपर्ने खाँचो औँल्याए । 
त्यसैले यस प्रक्रियाका लागि अफगानिस्तानमा हाल सत्तामा रहेका तालिबानसँग सहकार्य गर्नुपर्ने, उनीहरुलाई शान्ति र अफगानिस्तानको स्थायित्वका लागि सहयोग पनि गर्नुपर्ने बताए । 
उनले हाल अफगानिस्तानको अवस्था नाजुक रहेकाले सहयोग गर्न सबै विश्व समुदाय लाग्नुपर्नेमा पनि जोड दिएको प्राप्त समाचारमा जनाइएको छ ।  

अफगानिस्तानको सहयोगका लागि पाकिस्तानी प्रधानमन्त्रीको आग्रह 
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न विश्व समुदाय परिचालन गर्न सयुक्त राष्ट्रसङ्घलाई आग्रह गरेका छन् ।  पाकिस्तानका प्रधानमन्त्री खानले अफगानिस्तानलाई सहयोग गर्न सयुक्त राष्ट्रसङ्घमार्फत् विश्व समुदाय समक्ष आग्रह गरेका हुन् । 
उनलेसयुक्त राष्ट्रसङ्घको ७६औँ महासभालाई सम्बोधन गर्दै उनले सयुक्त राष्ट्रसङ्घको ७६औँ सभालाई शनिबार भर्चुअल माध्यमबाट सम्बोधन गरेका  थिए ।  उनले अहिले अफगानिस्तानको अवस्था निकै गम्भीर भइसकेको भन्दै यस देशलाई सहयोग गर्न अब पनि पछि पर्ने हो भने यसबाट विश्व समुदायलाई नै पछि पछुतो हुने पनि बताएका थिए ।    
उनले अहिले अफगानिस्तानमा मानवीय सहयता चाहिएको र देशको आर्थिक अवस्था पनि निकै गम्भीर रहेकाले आगामी दिनमा यो संवेदनशीलता बुझेर विश्व समुदायले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।  उनले सो सम्मेलनलाई गरेको सम्बोधनमा भनेका छन्, ‘यदि अहिले नै हामीले अफगानिस्तानको अप्ठेरो अवस्था बुझ्न सकेनौँ, मनन गर्न सकेनौँ भने अर्काे वर्षसम्ममा अफगानिस्तानको अवस्था निकै नै गम्भीर भइसक्ने छ ।’ उनले अर्काे वर्ष सम्ममा अफगानिस्तानका कम्तीमा पनि ९० प्रतिशत नागरिक गरिबीको रेखामुनि परिसक्ने पनि बताए ।  यहाँको अवस्था निकै नै बिग्रिँदो रहेको र अहिले पनि देश आर्थिकरुपमा कमजोर हँुदै गएकाले यस विषयमा सबैले चनाखो भएर काम गर्नुपर्ने पनि खानले बताएका थिए ।– सिन्ह्वा
 

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  २०:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार