चीनको सिचुवानमा पहिरो जाँदा थुप्रै बेपत्ता

आइतबार, असोज १०, २०७८

छेन्दु । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको तियानक्वान काउन्टीमा भारी वर्षाका कारण आइतबार बिहान गएको पहिरोमा धेरै मानिस बेपत्ता भएका छन् । आइतबार बिहानसम्म चार जनालाई उद्धार गरिएको छ ।  तियानक्वानको आपत्कालीन व्यवस्थापन मुख्यालयका अनुसार उद्धार गरिएका मध्ये दुई जना सामान्य घाइते भएका छन् भने अर्का एक जना अचेत अवस्थामा छन् । त्यसैगरी अर्का एकको भने उद्धारका क्रममा स्थिर अवस्थामा पाइएका छन् । तियानक्वानको प्रशासन हेर्ने यान सिटीको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार ती चार जना स्थानीय निर्माणस्थलको अस्थायी छाप्रोभित्र थिए । आइतबार बिहान पहिरोमा परी मानिस बेपत्ता भएको खबर पाएपछि प्रान्तले विभिन्न शहरबाट १०० भन्दाबढी मानिसलाई उद्धारका निम्ति तियानक्वान पठाइएको छ ।– सिन्ह्वा
 

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  २०:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार