लिबियामा युद्ध अन्त्य गर्ने प्रधानमन्त्री दबेबाको प्रतिवद्धता   

शनिबार, असोज ९, २०७८

त्रिपोली । लिबियाका प्रधानमन्त्री अब्दुल–हमिद दबेबाले लिबियामा विभाजनको अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै देशमा अर्को युद्ध हुन नदिने बताएका छन् । “हामी यस विभाजनलाई कुनै कारणले जारी राख्न दिने छैनौं । लिबियाको प्रतिनिधि सभा (संसद) को विरोधमा यहाँ विरोध प्रदर्शन गरिरहेका आफ्ना समर्थकहरूलाई दबेबाले भने, “अब देशमा युद्ध हुनेछैन । हामी विकास र स्थिरतालाई निरन्तरता दिनेछौं ।” उनले भने, “सबै लिबियालीहरू शान्तिमा बस्न चाहन्छन् र हामीसँग मर्यादा, स्वतन्त्रता र शान्तिमा जीवन बिताउन सक्षम बनाउने माध्यम छ ।” उनले यस वर्षको अन्त्यसम्ममा निष्पक्ष निर्वाचन सम्पन्न गराउन आफ्नो सरकारको उत्सुक रहेको बताए । 
दबेबाको राष्ट्रिय एकता सरकार (जीएनयू) लाई संयुक्त राष्ट्रसंघद्वारा समर्थन प्राप्त लिबियाली राजनीतिक वार्ता फोरम (एलपीडीएफ) द्वारा फेब्रुअरीमा छानिएको थियो । यसले देशमा वर्षौंको राजनैतिक विभाजनको अन्त्य गरेको विश्व समुदायको बुझाइ छ । 
सेप्टेम्बर ८ मा संसदले वित्तीय र प्रशासनिक उल्लङ्घनको विषयमा दबेबालाई प्रश्न गर्न एक सत्र आयोजना गरेको थियो । दबेबाले जीएनयूको बजेट लाई संसदबाट अनुमोदन नगर्ने अडान राख्नुभएको थियो । मंगलबार संसदले जीएनयूलाई दिएको विश्वास फिर्ता लिने घोषणा गरेको थियो तर यसलाई रेखदेख गर्ने सरकारको रूपमा दबेबाको सरकारलाई नै अख्तियार दिएको थियो । सरकार र आफूमाथिको विश्वास फिर्ता गर्ने संसदको कदमको दबेबाले आफ्ना समर्थकहरूलाई विरोध गर्न आह्वान गरेका थिए । लिबियाले डिसेम्बरमा आम चुनाव गर्ने विश्वास गरिएको छ ।
 

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  २२:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार