सभापति भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छु : प्रकाशमान सिंह

शनिबार, असोज ९, २०७८

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘नम्बर वान म्यान’ भएर पार्टीलाई संस्थागत रूपमा अगाडि बढाउन खोजेको बताएका छन् ।  नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप लगाउँदै आफू ‘नम्बर वान म्यान’ भएर पार्टीलाई संस्थागतरूपमा अगाडि बढाउन खोजेको बताए ।
“मैैले गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र सुशील कोइराला सभापति हुँदा उपसभापति र महामन्त्री भएर काम गरिसकेको छु, पार्टीलाई बलियो बनाउन ‘नम्बर वान म्यान’ भएर काम गर्न चाहन्छु,” उनले भने। अग्रज नेताको सम्मान गर्दै पार्टीमा नयाँपुस्ता अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । नेता सिंहले नेविसङ्घ, जिल्लाको राजनीति हुँदै आफू केन्द्रीय राजनीतिमा आएकाले सबैको अनुभवलाई समेटेर अगाडि बढ्ने पनि बताए । 
 

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  २१:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार