अफगानिस्तानलाई सहयोग गर्न राष्ट्रसङ्घसँग पाकिस्तानको माग

शनिबार, असोज ९, २०७८

इस्लामावाद । अफगानिस्तानलाई सहयोग गर्नेगरी संयुक्त राष्ट्रसङ्घले सवैलाई परिचालन गर्न पाकिस्तानले माग गरेको छ ।  राष्ट्रसङ्घको ७६औँ महासभालाई सम्वोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार यस्तो माग गरेका हुन् । 
अफगानिस्तनमा तालिवान विद्रोहीले सत्ता कब्जा गरेर सरकार बनाएपछि विभिन्न सङ्कट उत्पन्न भएपनि धेरै देशले सहयोग नगरेकाले राष्ट्रसङ्घले सवैलाई परिचालन गर्नुपर्नेमा खानले जोड दिएका छन् । 
प्रधानमन्त्री खानले विषेशगरी आर्थिक सहयोग अफगानिस्तानका लागि अत्यावश्यक भइसकेकाले राष्ट्रसङ्घले अन्तरराष्ट्रिय समुदायलाई परिचालन गर्नुपर्ने धारणा राखेका हुन् ।  
“अफगानिस्तानलाई सहयोग गर्न विश्वसँग समय छैन, धेरै ढिला भइसकेको छ, त्यहाँ गम्भीर सङ्कट उत्पन्न भएको छ, म सबैको ध्यानाकर्षण गराउन चाहन्छु,” प्रधानमन्त्री खानले भने। मानवीय सहायत उपलब्ध गराउन अझै ढिला गरेमा विश्वलाई नै लज्जित गराउनेगरी नराम्रो क्षती हुने चेतावनीसमेत उनले दिए । 
उनको सम्वोधनपछि पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयद्धारा जारी वक्तव्यमा अफगानिस्तान र अफगानी जनताका बारेमा बेवास्ता गर्न नहुनेमा खानले जोड दिएको उल्लेख छ । 
“हामीले उनीहरुलाई सहयोग गर्न हेलचक्रयाई गर्यौँ भने अहिले नै आधा मानिस गरिवीको रेखा मुनी छन, अर्को बर्षसम्ममा ९० प्रतिशत मानिस गरिव हुन्छन,” प्रधानमन्त्री खानले भनेका छन् । 
अहिले पनि भोकभरी सुरु भइरहेको र तत्काल सहयोग नगरेमा भोकमरीको महामारी नै चल्ने भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । 
अफगानिस्तानको डरलाग्दो र दयालाग्दो अवस्थाका बारेमा छिमेकी र विश्व समुदायले कुनै चासो नदिएकोमो आफुलाई दुखित र अचम्मित बनाएको उनको भनाइ छ । 
अफगानिस्तानमा उत्पन्न सङ्कट छिमेकी देशका रुपमा पाकिस्तानको चासो र चिन्ताको मात्रै नभइ विश्वकै चासो र चिन्ताको विषय भएको भन्दै उनले सबैको ध्यानाकर्षण गराएको छन् । 

“सैन्य शक्तिमार्फत समस्याको समाधान गर्न खोजियो, त्यो गलत थियो र असफल पनि भयो, अव पनि त्यस्तो गल्ती नहोस्, शान्तिपूर्णरुपमा समस्याको समाधान खोजौँ, सङ्कट निवारण गरौँ, अत्यावश्यक सहयोग उपलब्ध गराउन ढिला नगरौँ,” उनले भने ।–सिन्ह्वा

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  १६:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार