भारतीय राष्ट्रपति कोविन्दको मोतियाबिन्दुको शल्यक्रिया 

शुक्रबार, असोज ८, २०७८

नयाँ दिल्ली । राष्ट्रपति रामनाथ कोविन्दको दोस्रो आँखाको मोतिबिन्दुको शल्यक्रिया राष्ट्रिय राजधानीस्थित आर्मी हस्पिटल (रिफरल एन्ड रिसर्च) मा शुक्रबार भएको छ ।  ‘शल्यक्रिया सफल भयो र उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । उनको पहिलो आँखाको शल्यक्रिया पनि सन् २०७१ असोज १९ गते सैनिक अस्पतालमा नै भएको थियो’ आर्मी हस्पिटलले  भनेको छ । राष्ट्रपति कोविन्दको सचिवालयले शुक्रबार विज्ञप्ति जारी शल्यक्रिया सफलतापूर्वक सकिएको बताएको छ । उनलाई केही दिन आराम गर्न चिकित्सकहरूले सल्लाह दिएका छन् । उनले यसैवर्ष मार्च ३० मा नयाँ दिल्लीस्थित एम्स अस्पतालमा मुटुको बाइपास सर्जरी गराएका थिए ।– एएनआई    
 

प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  २२:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार