श्रीलङ्कामा अपाङ्गता भएका बालबालिकालाई खोप दिन सुरु

शुक्रबार, असोज ८, २०७८

कोलोम्बो । श्रीलङ्काका अधिकारीहरूले शुक्रबारदेखि शारीरिकरूपमा अशक्तता भएका १२ देखि १९ वर्षका बालबालिकालाई कोभिड–१९ खोपहरू दिन थालेको छ । 
श्रीलङ्काका सैनिक कमान्डर तथा कोभिड–१९ को रोकथामका लागि राष्ट्रिय परिचालन केन्द्रका प्रमुख जनरल शाभेन्द्र सिल्भाका अनुसार राजधानी कोलम्बोमा बालबालिकाका लागि ‘लेडी रिजवे अस्पताल’मा उत्तर–मध्य प्रान्तको अनुराधापुरा र उत्तरपश्चिमी श्रीलङ्काको कुरुनेगालामा खोप अभियान सञ्चालन गरिनेछ । सिल्भाले भने, “चिकित्सकहरूको अवलोकनमा बालबालिकालाई फाइजर खोप दिन थालिएको छ ।” 
यो कार्यक्रम चाँडै देशभरिका सबै जिल्लामा लगिने सैनिक कमान्डरले बताए । आधिकारिक तथ्याङ्कअनुसार श्रीलङ्कामा जन्मजात रोग लागेका अनुमानित ५० हजार बालबालिका छन् जसलाई आगामी दिनहरूमा कोभिड–१९ भाइरसववरुद्ध खोप लगाइनेछ । 
श्रीलङ्का राष्ट्रव्यापी बृहत् खोप कार्यक्रमअन्तर्गत छ र २० वर्ष नाघेका नागरिकका लागि खोप लगाइएको छ । यहाँ लगाइएका वा लगाउन अनुमति पाएका प्रमुख खोप सिनोफार्म हो । यहाँ एस्ट्राजेनेका, फाइजर मोडर्ना र स्पुटनिक–भी लगाउन पनि अनुमति दिइएको छ । यस एहियाली मुलुकमा गत मार्चदेखि हालसम्ममा कूल पाँच लाख १० हजार ५० व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने १२ हजार ४४८ जनाको मृत्यु भएको छ ।–सिन्ह्वा
 

प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  २२:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार