कुटनीतिज्ञ बर्नस केन्द्रीय गुप्तचर प्रमुख 

बाइडेनको रोजाई 
बुधबार, पुस २९, २०७७

वासिङ्टन । अमेरिकाको राष्ट्रपतिमा नवनिर्वाचित जो वाइडेनले चर्चित कुटनीतिज्ञ विलियम बर्नसलाई केन्द्रीय गुप्तचर प्रमुख बनाउने भएका छन् । केन्द्रीय गुप्तचर निकाय (सिआइए)को निर्देशकको रूपमा उहाँलाई नियुक्त गर्ने निर्णय भएको वाइडेनले सोमबार घोषणा गरेका हुन् । सरकारी कर्मचारीकारूपमा झण्डै ३३ बर्ष सेवा गरेका बर्नस अहिले ६४ बर्षको हुन् । उनी यसअघि रूस र जोर्डनका लागि राजदूतसमेत भएका थिए । उनले डेमोक्र्याटिक र रिपब्लिकन दुवै पार्टीबाट निर्वाचित राष्ट्रपतिको मातहतमा रहेर काम गरिसकेका छन् । उनलाई अमेरिकी सरकारी सेवा र कुटनीतिक क्षेत्रमा राम्रो छवि भएको र प्रभावकारी क्षमता भएको व्यक्तिका रूपमा चिनिन्छ ।  उनी गत सन् २०१७ देखि एक बर्ष अगाडिसम्म राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा पनि कार्यरत थिए । तर ट्रम्पको कुटनीतिक भूमिका अत्यन्त आलोचित भएपछि बर्नसले छाड्ेका थिए । ‘दशकौँको कार्य अनुभव र दक्षताका आधारमा विलियम बर्नस अहिले अनुकरणीय कुटनीतिज्ञ हुनुभएको छ, रक्षा र सुरक्षाको क्षेत्रमा पनि उहाँको विश्वस्तरीय ज्ञान र क्षमता छ’, बाइडेनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका  छन् । उनलाई आगामी कार्यकालमा गुप्तचर निकाय प्रमुखको रूपमा जिम्मेवारी दिँदा राष्ट्रलाई फाइदा हुने र अमेरिकामा बस्नेहरू ढुक्कसँग निदाउन पाउने बाइडेनको भनाइ छ । बर्नसले अस्फोर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्वन्धमा विद्यावारिधि गरेका छन् ।–एपी
 

प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  ०५:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार