सोसल मिडिया
Contact Us
युनिकोड
बेइजिङ । चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले बिहीबार संयुक्त राष्ट्र सङ्घको महासभाका ७६औँ सत्रका अध्यक्ष अब्दुल्ला शाहिदसँग भिडियो माध्यमबाट वार्ता गरेका छन् । मन्त्री वाङले संयुक्त राष्ट्रसङ्घलाई कोभिड–१९ महामारी विरुद्धको लडाइँमा सहयोग र खोपको उचित वितरण, जलवायु परिवर्तनसँग लड्न र जैविक विविधताको संरक्षण गर्न एवं दिगो विकासलाई बढावा दिन ठूलो सहयोग गर्न आह्वान गरेका छन् । यस वर्ष संयुक्त राष्ट्रसङ्घमा चीनको जनवादी गणतन्त्र (एच्ऋ) को वैधानिक सीटको पुन–संथापनाको ५०औंँ वार्षिकोत्सवको चर्चा गर्दै मन्त्री वाङले चीनको मत सधैँं विकासशील देशकोश पक्षमा र अन्तरराष्ट्रिय न्याय र निष्पक्षताको समर्थनमा हुने बताएका छन् । शाहिदले चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाको १००औँ वार्षिकोत्सव र संयुक्त राष्ट्र सङ्घको एच्ऋको वैधानिक सीट पुनःसंस्थापनाको ५०औँं वार्षिकोत्सवको अवसरमा बधाई दिँदै यस सत्रको मुख्य एजेण्डालाई संयुक्त रूपमा अगाडि बढाउन चीनसँग मिलेर काम गर्ने आशासमेत व्यक्त गर्नुभएको छ । उक्त अवसरमा अध्यक्ष शाहिदले बेइजिङ शीतकालीन ओलम्पिकको पूर्ण सफलताको कामना पनि व्यक्त गरेका छन् ।– सिन्ह्वा