भारतमा थप ३१ हजार नयाँ सङ्क्रमित

शुक्रबार, असोज ८, २०७८

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट थप ३१ हजार ३८२ जना नयाँ सङ्क्रमित फेला परेका छन् । योसँगै भारतमा अहिलेसम्म तीन करोड ३५ लाख ९४ हजार ८०३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।  भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान दिएको जानकारी अनुसार नयाँ सङ्क्रमितमध्ये १९ हजार ६८२ जना केरलाका मात्रै रहेका छन् । 
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङुख्या तीन लाख १६२ पुगेको छ । यो सङ्ख््या १८८ दिनपछिकै सबैभन्दा कम हो । पछिल्लो समय भारतमा महामारी निकै कम हुँदै गएको छ । नयाँ सङ्क्रमित भएका भन्दा सङ्क्रमितणमुक्त भएकाको सङुख्या धेरै देखिएकाले सक्रिय सङ्क्रमितको सङख्यामा कमी आएको हो ।   पछिल्लो २४ घण्टामा ३२ हजार ५४२ जना कोरोना भाइरसबाट सङ्क्रमितमुक्त भएको अधिकारीशले जानकारी दिएका छन् । भारतमा अहिलेसम्म कुल तीन करोड २८ लाख ४८ हजार २७३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।  कोरोनाका कारण भारतमा अहिलेसम्म चार लाख ४६ हजार ३६८ जनाको मृत्यु भएको छ । ती मध्ये ३१८ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।–एएनआई

प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  १८:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार