सोसल मिडिया
Contact Us
युनिकोड
पोर्ट एउ प्रिन्स । हाइटीका लागि अमेरिकी विषेश दूतले बिहीबार आकस्मिकरूपमा राजीनामा दिएका छन् । नियुक्ति भएर जिम्मेवारी सम्हालेको दुई महिनामै विषेश दूत डानियल फुटले राजीनामा दिएका हुन् । अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा हाइटीबाट आएकाहरूको विषयमा भएको विवादका कारण उनले राजीनामा दिएको बताइएको छ । उनले भने, “हाइटीका हजारौँ शरणार्थी तथा अवैध आप्रवासीलाई अमेरिकाबाट हाइटी पठाउन खोजिएको छ । वाइडेन प्रशासनको सो निर्णयलाई मैले अमेरिकी प्रतिनिधिको रूपमा सहजीकरण गर्न सकिन ।” उनले विदेशमन्त्रीलाई पठाएको राजीनामा पत्रमा हाइटीमा आफ्नो ज्यान जोगाउन पनि कठिन रहेको उल्लेख गरेका छन् । अमेरिकाको सो निर्णयले हाइटीका जनतालाई आक्रोशित बनाएकाले उनीहरूले कूटनीतिक मर्यादा भुलेर आफूमाथि आक्रमण गर्नसक्ने उनले चिन्ता व्यक्त गरेका छन् । उनले पत्रमा लेखेका छन्, “आप्रवासी तथा शरणार्थीहरू बस्ने शिविर, खाद्य पदार्थ, पैसालगायत अत्यावश्यक चीजको नै अभाव रहेको छ, त्यसैले उनीहरूमा आधारभूत सेवाको सङ्कट छ ।” कतिपय शरणार्थीहरू मानसिक समस्यामा रहेको र कतिपयले आपराधिक क्रियाकलाप गर्ने अवस्था रहेको पनि उनले उल्लेख गरेका छन् ।–एएफपी