चीनले विदेशमा कोइलामा आधारित परियोजना नबनाउने

बुधबार, असोज ६, २०७८

बेइजिङ । विश्वव्यापी रूपमा हरितगृह ग्यास उत्सर्जन कटौतीमा योगदान गर्नका लागि भन्दै चीनले आफ्नो देशको सीमाभन्दा बाहिर कोइलामा आधारित परियोजनाहरू नबनाउने बताएको छ ।  चिनियाँ राष्ट्रपति सी जिनपिङले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने क्रममा उक्त घोषणा गरेका हुन् । चिनियाँ राष्ट्रपति सीले राष्ट्रसङ्घ महासभालाई भिडियोमार्फत सम्बोधन गर्दै भने, “विकासशील देशहरूलाई हरित तथा न्यून–कार्बन ऊर्जा उत्पादनका लागि सहयोग गर्न चीन अघि आउने छ । विदेशमा चीनको सहयोगमा कोइलामा आधारित परियोजना बन्ने छैनन् ।” चीनले इन्डोनेसिया, भियतनासहितका देशमा कोइला खानीमा आधारित परियोजनाहरूमा सहयोग गर्दै आएको छ । पछिल्लो समय ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’अन्तर्गत चीनले ठूलो लगानी गरिरहेको हो । पेरिस जलवायु सम्झौताले तय गरेको लक्ष्य पूरा गर्नका लागि उत्सर्जन कटौती गर्नुपर्नेमा चीनले कोइलामा आधारित परियोजनामा लगानी गरेको भन्दै आलोचना भइरहेका समय चीनले यो कदम अघि बढाउने बताएको हो ।–सिन्ह्वा
  

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  २२:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार