सोसल मिडिया
Contact Us
युनिकोड
नयाँ दिल्ली । भारतमा सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या छ महिना पछिकै सबैभन्दा कम भएको छ । सरकारी अधिकारीले बुधबार बिहान दिएको जानकारीअनुसार अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख एक हजार ९८९ पुगेको छ । यो सङ्ख्या १८६ दिनपछि कै सबैभन्दा काम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या पछिल्लो समयलगातार घट्दै गएको छ । दैनिक नयाँ सङ्क्रमितभन्दा दैनिक सङ्क्रमणमुक्त भएकाको सङ्ख्या बढी हँुदै गएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो । पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ९६४ जना नयाँ सङ्क्रमित थपिएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । सोही अवधिमा ३४ हजार १६७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको देखिएको अधिकारीले जनाएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल तीन करोड २७ लाख ८३ हजार ७४१ जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा कोरोनाका कारण अहिलेसम्म चार लाख ४५ हजार ७६८ जनाको मृत्यु भएको छ । तीमध्ये ३८३ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको जनाइएको छ ।– एएनआई