बेलायतमा एकै दिन ३१ हजारभन्दा बढी कोरोना सङ्क्रमित 

बुधबार, असोज ६, २०७८

लन्डन । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड–१९का सङ्क्रमितको सङ्ख्या झन् बढ्न थालेको बताइएको छ । यहाँ प्राप्त पछिल्लो समाचारअनुसार मङ्गलबार मात्र बेलायतमा ३१ हजारभन्दा बढी सङ्क्रमित भएको बताइएको छ । बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीले गएको २४ घन्टा यतामात्र करिब ३१ हजार ५६४ जना कारोना भाइरसका नयाँ सङ्क्रमित फेला परेका बताएका छ ।  बेलायतमा केही दिनयताको यो सङ्क्रमितको सङ्ख्या धेरै हो । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले दिएको जानकारीअनुसार केही हप्तायता यहाँ ठूलो सङ्ख्यामा नयाँ सङ्क्रमित थपिने क्रम जारी रहेको छ ।  उनीहरुकाअनुसार यहाँ आजसम्म यहाँका सङ्क्रमितको सङ्ख्या ७४ लाख ९६ हजार ५२० जना पुगेको छ । त्यसैगरी यहाँ यस सङ्क्रमणबाट भएको मृत्युको सङ्ख्या एक लाख ३५ हजारभन्दा बढी पुगेको छ । गएको २४ घन्टामा मात्र यहाँ २०३ जनाको यही सङ्क्रमणबाट ज्यान गएको बताइएको छ । लन्डनमा कोभिड–१९को अवस्था समयसमयमा सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको बताइएको छ । 
केही समयअघि यहाँ भाइरसका सङ्क्रमित घटेपछि जनजीवनलाई पनि सामान्य बनाइएको भएपनि पछिल्लो हप्तामा महामारीको सङ्क्रमण फेरि बढ्न सक्ने खतरा देखिएको बताइएको छ । यहाँ केही समययतादेखि हरेक दिन ३० हजारभन्दा पनि बढी सङ्क्रमित थपिने गरेका छन् ।– सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  २१:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार