सुडानमा सत्ता हत्याउने प्रयासको महासचिव गुटर्रेसद्वारा निन्दा

बुधबार, असोज ६, २०७८

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा राजनीतिक सत्ता हत्याउने प्रयास भएको भन्दै सो घटनाको निन्दा गरेका छन् ।  उनले अहिले सुडान राजनीतिक सङ्क्रमणबाट गुज्रिएकोले यसलाई राजनीतिक स्थायित्वतर्फ लैजान नसक्ने हो भने देशका लागि राम्रो नगर्ने भन्दै कसैलाई पनि राजनीतिक कू को प्रयास नगर्न आग्रह गरेका छन् ।  उनले सुडानमा सत्ता हत्याउने प्रयास भएको कुरा आफूलाई थाहा भएकोले त्यसो नगर्न र यसअघि यहाँको राजनीतिक सङ्क्रमणकालको व्यवस्थापनका लागि गरिएका सबै प्रतिबद्धतामा इमान्दार रहन यहाँका सबै राजनीतिक पार्टीलाई आग्रह गरेका छन् ।–सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  २१:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार