डा. नारायण खड्का परराष्ट्र मन्त्री नियुक्त, आजै सपथ  

बुधबार, असोज ६, २०७८

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्र मन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार डा. खड्कालाई  प्रधानमन्त्रीको परराष्ट्र मन्त्री पदमा नियुक्त गरी परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेकी हुन् । गठबन्धन दलको मंगलबारको बैठकमा डा. खड्कालाई पराष्ट्र मन्त्रीमा नियुक्त गर्ने सहमति भएको थियो । डा. खड्का मन्त्रीका रुपमा थपिएसँग शेरबहादुर देउवा नेतृत्वको सरकार ६ सदस्यी भएको छ । 

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १३:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार