संयुक्त राष्ट्रसङ्घका प्रमुखद्वारा अमेरिका र चीनलाई वार्ताको निम्ति आग्रह

बुधबार, असोज ६, २०७८

अमेरिका ।संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मङ्गलबार संयुक्त राज्य अमेरिका र चीनलाई वार्तामा संलग्न हुन आग्रह गरेका छन् । उनले तिक्तता र अन्य यस्तै गतिविधिले विश्व विभाजित हुँदै जान सक्नेतर्फ लक्षित गरेका हुन् ।  “यो समस्याका लागि एक प्रारम्भिक विन्दु हो र शीतयुद्धको तुलनामा यसबारे धेरै कम पूर्वानुमान गर्न सकिने छ ।  गुटेरेसले संयुक्त राष्ट्रसङ्घको महासभाको उद्घाटनका क्रममा उक्त धारणा राख्दै भन्नुभयो, विश्वासलाई पुनः स्थापित गर्न र आशालाई प्रेरित गर्नका लागि हामीलाई सहयोगको आवश्यकता छ ।– एएफपी 
 

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  ०५:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार