सोसल मिडिया
Contact Us
युनिकोड
त्रिपोली । लिबियाको पूर्वीस्थित संसद्ले मङ्गलबार देशको एक ता सरकारको विपक्षमा अविश्वासको प्रस्ताव पारित गरेको छ । जुन संयुक्त राष्ट्रसङ्घ समर्थित शान्ति प्रयासलाई नयाँ झट्का हो । पूर्वी सहर तोबरुकमा उपस्थित ११३ सांसदहरूमध्ये ८९ जनाले त्रिपोलीस्थित अन्तरिम प्रधानमन्त्री अब्दुलहमिद दबेबाहको प्रशासनबाट विश्वास फिर्ता लिन मतदान गरेका थिए । प्रवक्ताका अनुसार यो कदम तीन महिनापछि हुने घोषित निर्वाचनको पूर्व सन्ध्यामा भएको हो । विधायिकाका सभामुखले सहज प्रक्रियालाई नजरअन्दाज गरी यस महिनाको सुरुमा एक विवादास्पद निर्वाचन कानुनलाई अनुमोदन गरेका थिए । उक्त कदमले पूर्वी–आधारित सैन्य बलवान खलिफा हफ्तरको पक्षमा सहयोग पु¥याएको थियो ।– एएफपी