सोसल मिडिया
Contact Us
युनिकोड
श्रीनगर । भारतको जम्मू कश्मीरको उधमपुर जिल्लाको पाटनीटप नजिकैको पहाडमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार सेनाको उड्डयन हेलिकप्टरका पाइलटहरू, मेजर रोहित कुमार र मेजर अनुज राजपूत दुवै गम्भीर घाइते भएपछि उनीहरूलाई तत्काल उद्धार गरी हेलिकप्टरबाट अस्पताल लगिएको थियो । उहाँहरूको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । सामाजिक सञ्जालमा सेयर गरिएका दृश्यहरूमा पहाडमा हेलिकप्टर खसेको दृश्य र स्थानीय बासिन्दाले पाइलटलाई उद्धार गरिरहेका देखाइएको छ । अधिकारीका अनुसार घटना बिहान १०ः३० बजेको हो ।– पीटीआइ