प्रचण्ड-माधवप्रति ओलीको कटाक्ष

क्याबिनेट भ्यागुताले जस्तो फुलाउँथे, २५ मा अटाउन समस्या भयो : ओली
मंगलबार, असोज ५, २०७८

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले ७२ दिनसम्म मन्त्रिपरिषद् विस्तार नहुँदा देशको महत्वपूर्ण समय खेर गएको टिप्पणी गरेका छन् । श्वेतशार्दूल पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सत्ता गठबन्धनमा संविधानले तोकेको २५ जनाको सीमाभित्र अटाउन समस्या भएको टिप्पणी गरे ।

ुशेरबहादुरजीले नेतृत्व गर्नुभएको सरकारमा रंगीविरंगी मान्छे छन्,ु प्रचण्ड र माधव नेपालतर्फ संकेत गर्दै ओलीले भने, ुउहाँहरू अझै मन्त्रिपरिषद् संख्या बढाउन प्रयास गर्दैछन् । पहिलाजस्तो ६५र६७ बनाउन सक्दैनन् । मिल्ने भए त  भ्यागुता फुलाए भन्दा फुलाउदै जानुहुन्थ्यो । अहिले संविधानले दिँदैन । अहिले २५ मा अटाउन उहाँलाई समस्या भइरहेको छ । त्यहीँ कारण हो अहिलेको तमासा ।ु

सवा वर्ष कार्यकाल रहेको सरकारले पद र भागबन्डामै २० प्रतिशत समय खेर फालेको उनको भनाइ थियो । ुकार्यकाल सवा वर्ष छ । २० प्रतिशत भाग यसै गयो । खाली पदको चिन्ता । देशको समय बर्बाद भयो,ु उनले भने ।

 

प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  १६:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार