ओलीको प्रश्न, 'म प्रधानमन्त्री भएको बेला यसरी पदक बाँडेको भए के हुन्थ्यो ? नागरिक समाजले के भन्थ्यो ?'

पदकका आँखा हुन्थे भने बरबर रुन्थ्यो : एमाले अध्यक्ष ओली
मंगलबार, असोज ५, २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जथाभावी पदक बाँडेको भन्दै आक्रोश पोखेका छन् । श्वेतशार्दूल (मदन भण्डारी) पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विरोध गर्ने सबै निकायलाई पदक दिएर पदककै बेइज्जत गरेको उल्लेख गरे ।

अस्तिको दिनको जस्तो पदक वितरण हामीले गरेको भए बा बा । अहिले निर्णय खारेज गर्ने अदालतलाई दिएको छ, बहस गर्ने वकिललाई दिएको छ । कसले रोकोस् ? विरोध गर्ने अखबार टेलिभिजनलाई दिएको छ । कस्तो सबैतिर ढ्याक्ढ्याक्ती आवाज नआओस भनेर थुनेको छ । विरोधी नै रहेनन् । रत्नपार्कमा बसेर वितरण गरेजस्तै छ भन्या । म प्रधानमन्त्री भएको बेला गरेको भए के हुन्थ्यो ? बुद्धिजिवी, नागरिक समाज के भन्थ्यो ? उनले प्रश्न गरे ।

ओलीले सबैलाई पुर्‍याएर पदक बाँड्न माहोल शान्त रहेको उल्लेख गरे । 'आज रमाइलो छ । सञ्चो छ । शान्त छ । किनकि विरोध गर्ने कोही छैन । यो एउटामात्र उदाहरण हो । यस्ता कति हो कति ? यी ७०-७२ दिनमा छाँटकाँट राम्रो छैन । नयाँ पंक्तिमा वितृष्णा जगाउने काम भएको छ । पत्रकार वकिल सबैलाई पदक बाँडेको छ', उनले भने ।  

पदक बोल्न सक्ने विरोध गर्ने र आँखा भएको भए रोएर आँशु खसाल्ने अवस्था रहेको ओलीको भनाइ थियो । 'पदक बोल्न जान्थ्यो भने विरोध गर्थ्यो । त्यसका आँखा हुन्थे भने बरबर रुन्थ्यो । आँशु खसाउन बाध्य हुन्थ्यो । तर उ बाध्य छ जसको घाटीमा पनि झुण्डिन । कति लाज मान्दो होला' उनले भने ।

अहिलेको पदक वितरण मदन भण्डारीले देखाएको बाटो नभएको र यो विपरीतको बाटो भएको उनको भनाइ थियो ।  

 

प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  १६:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार