राष्ट्रिय सभाको बैठक ७ असोजमा बस्ने

मंगलबार, असोज ५, २०७८

काठमाडौं ।  राष्ट्रिय सभाको अर्को बैठक ७ असोजमा बस्ने भएको छ । मंगलबारको बैठक ७ असोजसम्मका लागि स्थगित गरिएको हो। एमाले सांसदले बैठक चल्न नसक्ने बताए पनि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए ।

सो बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । र सो प्रस्तावमाथिको छलफल ७ असोजलाई मिति तोकेका सभाध्यक्ष तिमिल्सिनाले अर्को बैठक ७ असोज दिउँसो २ बजे बस्ने जानकारी दिएका हुन् ।

मंगलबार बसेको पहिलो बैठकमा एमालेका सांसदहरूले अवरोध सृजना गरेका थिए । त्यसपछि बैठकलाई १५ मिनेटका लागि स्थगित गरिएको थियो ।

दोस्रो बैठकलाई एमाले सांसदहरूले उठेर अवरोध सृजना गरे पनि कार्यसूचीमा प्रवेश गराएर प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरिएको हो ।
 
एमाले सांसदको अवरोधबीच राष्ट्रिय सभा बैठक कार्यसूचीमा प्रवेश

यसअघि राष्ट्रिय सभाको मंगलबारको दोस्रो बैठक कार्यसूचीमा प्रवेश गराइएको थियो । म‌ंगलबारको  बैठक एमाले सांसदको अवरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको थियो ।
यसपछि दोस्रो बैठकमा एमाले सांसदले चल्न नसक्ने बताए पनि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यसूचीमा प्रवेश गराएका हुन् । बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।
 
एमाले सांसदको अवरोध, बैठक १५ मिनेटका लागि स्थगित

राष्ट्रिय सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठक सुरु हुनासाथ एमाले सांसदहरूको अवरोधपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
बैठक स्थगित गर्नुअघि उनले कार्यसूचीको २ र ३ बुँदा सूचीबाट हटाएको र बैठक चल्न दिने वातावरण बनाउन एमाले सांसदहरूलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  १४:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार