सोसल मिडिया
Contact Us
युनिकोड
कोपेनहेगन । विश्व स्वास्थ्य सङ्गठनले सोमबार युरोपमा मदिराको कर दोब्बर बनाउने सुझाव दिएको छ । यस कदमले मदिरा सेवनमा कमी आउने र क्यान्सर रोगबाट वर्षेनी हुने मृत्युदरमा समेत कमी ल्याउन सकिने अपेक्षा गरिएको छ । क्यान्सरको रोकथापका लागि यो कदम उपयुक्त र प्रभावकारी हुने विश्वास लिइएको छ । यो सिफारिस लागू भएमा मदिरा सेवनबाट हुने विविध रोगहरूमध्ये उच्च रक्तचाप, कोलस्ट्रोल, कलेजो र मुटु रोगलगायतमा कमी आउने विज्ञले बताएका छन् । रुस र बेलायतलगायतका देश यो निर्णयबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । विश्व स्वास्थ्य सङ्गठनको प्रक्षेपणअनुसार यस कदमबाट १० हजार ७०० नयाँ क्यान्सरबाट हुने मृत्यु र चार हजार ८५० मदिरा सेवनबाट हुने क्यान्सरबाट हुने मृत्यु घटाउन सकिने छ । यो तथ्याङ्कले युरोप क्षेत्रमा हुने क्यान्सरको आक्रमण र मृत्यु दरको ६ प्रतिशतलाई प्रतिनिधित्व गर्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार यस क्षेत्रमा एक लाख ८० हजार क्यान्सरको रोगी र ८५ हजार मृत्यु मदिरा सेवनसँग सम्बन्धित रोगबाट हुने गरेको अनुमान गरिएको छ । युरोपका २७ देशहरूमा मदिराको कर कमी रहेको उल्लेख गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनले बताएअनुसार ४८ लाख क्यान्सरका रोगीहरू वर्षेनी युरोपमा मात्र पत्ता लाग्ने गरेका छन् ।– एएफपी