रूसको एक क्याम्पसमा गोली चल्दा कम्तिमा आठ जनाको मृत्यु

सोमबार, असोज ४, २०७८

मस्को । मध्य रुसको एक विश्वविद्यालय परिसरमा सोमबार एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको रूसी अधिकारीले बताएका छन् । यस वर्ष उक्त शिक्षा केन्द्रमा भएको यो दोस्रो आम गोली काण्ड हो ।
प्रमुख अपराधको जाँच गर्ने रुसको छानविन समितिले ‘पर्म स्टेट युनिभर्सिटीमा भएको आक्रमणमा धेरै व्यक्ति घाइते भएको र आक्रमणकारीलाई नियन्त्रणमा लिन खोज्दा उनी पनि घाइते भएका छन् । उक्त घटनामा सुरूमा पाँच जनाको मृत्यु भएको र अन्य छ जना घाइते भएका जानकारी अनुसन्धानकर्ताहरूले गराएका थिए ।
सामान्यतया शिक्षण संस्थामा कडा सुरक्षाको कारण र कानुनी तवरमा बन्दुक किन्न कठिनाइको कारण रूसमा तुलनात्मक रूपमा शिक्षालयमा यस्ता आक्रमण कमै हुने गरेका छन् । रूसमा शिकार खेल्न राइफल दर्ता गर्न सम्भव भएपनि अन्य अवस्थामा आधुनिक हतियार राख्न पाइदैन ।
सामाजिक सञ्जालमा देखिएका भिडियोहरूमा विद्यार्थीहरूले आक्रमणकारीबाट भाग्न उफ्रनुअघि परिसरका भवनहरूबाट सामानहरू फ्याँक्दै गरेको देखाइएको थियो ।
राज्य सञ्चार माध्यमहरूले दिएको रिपोर्टअनुसार सोमबारको आक्रमणको दौडान कालो छद्मभेषी कालो पहिरन र हेलमेट लगाएका व्यक्तिहरू हतियार बोकेर परिसर हुँदै हिंडिरहेको देखाइएको छ ।
रूसमा यस्तै एक घातक आक्रमण सन् २०२१ को मे महिनामा भएको थियो र उक्त आक्रमणमा रुसको मध्य सहर काजानस्थित एक विद्यालयमा १९ वर्षीय पूर्व विद्यार्थीले गोली चलाउँदा नौ जनाको मृत्यु भएको थियो । अनुसन्धानकर्ताहरूले उक्त आक्रमणमा सम्लग्न ती व्यक्तिको मानसिक अवस्था विग्रिएकोे थियो ।


क्याम्पसमा गोली प्रहार निन्दनीय घटना : राष्ट्रपति पुटिन

रुसका राष्ट्रपति भ्लादमिर पुटिनले ६ जनाको ज्यान जाने गरी भएको गोली प्रहारको घटनाको निन्दा गर्नुभएको छ । 
टेलिभिजनमार्फत सोमबार सम्बोधन गर्दै राष्ट्रपति पुटिनले उक्त घटना पीडित परिवारका लागि मात्र नभएर सिङ्गो राष्ट्रका लागिसमेत क्षति हो भनेका छन् ।
रुसको पर्म स्टेट युनिभर्सिटीमा सोमबार भएको बन्दुकधारीको गोली प्रहारमा  ६ जनाको ज्यान गएको छ ।
गोली हानाहानमा दुई प्रहरी र अन्य तीन जनाको मृत्यु

काजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीमा सोमबार भएको गोली हानाहानमा दुई प्रहरी अधिकारी र अन्य तीन जनाको मृत्यु भएको अधिकारीहरूले रुसी समाचार एजेन्सीले जारी गरेको बयानमा बताएका छन् । 
प्रहरीका अनुसार निष्काशन सूचनामा कार्यरत व्यक्तिले चलाएको गोली लागी दुई प्रहरी र अन्य तीनको मृत्यु भएको हो ।

रुसका राष्ट्रपति भ्लादमिर पुटिनले ६ जनाको ज्यान जाने गरी भएको गोली प्रहारको घटनाको निन्दा गर्नुभएको छ । 
टेलिभिजनमार्फत सोमबार सम्बोधन गर्दै राष्ट्रपति पुटिनले उक्त घटना पीडित परिवारका लागि मात्र नभएर सिङ्गो राष्ट्रका लागिसमेत क्षति हो भनेका छन् ।
रुसको पर्म स्टेट युनिभर्सिटीमा सोमबार भएको बन्दुकधारीको गोली प्रहारमा  ६ जनाको ज्यान गएको छ ।– एएफपी  

प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  २१:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार