कम्बोडियामा ७५ प्रतिशतलाई कोरोनाभाइरस विरुद्धको खोप

सोमबार, असोज ४, २०७८

नोहम पेन । कम्बोडियामा कुल जनसङ्ख्याको ७५ प्रतिशतभन्दा बढीले कोरोनाभाइरसविरुद्धको खोप लगाइसकेका छन् । कूल एक करोड २० लाखभन्दा बढी अर्थात ७५।३ प्रतिशत मानिसले कम्तीमा एउटा खोप लगाएको सरकारी अधिकारीहरूले जनाएका छन् ।
कम्बोडियामा अहिले एक करोड ६० लाखभन्दा बढी जनसङ्ख्या रहेको छ । ती मध्ये एक करोडभन्दा बढीले खोपको पुरा मात्रा लगाएका छन् । यो सङ्ख्या ६४ प्रतिशतभन्दा बढी हुन्छ । त्यसैगरी ५।२ प्रतिशत अर्थात् आठ लाख ३० हजार ८१४ जनाले अतिरिक्त मात्रा खोप पनि लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यही सेप्टेम्बर १९ सम्मको विवरण अनुसार दुवै खोप लगाएका एक करोड मध्ये ९८।२७ प्रतिशत प्रौढहरु रहेका छन् । दक्षिण पूर्वी एसियाली राष्ट्र कम्बोडियामा गत फेब्रुअरीदेखि कोरोनाभाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको थियो ।   कम्बोडियामा खोप उपलब्ध गराउने मुलुकमध्ये चीन मुख्य देश हो । कम्बोडियाका राष्ट्रपति सम्बेच तेचो हुनसेनले चिनियाँ खोपले कोरोनाभाइरसको महामारी न्युनिकरणका लागि ठूलो सहयोग भएको बताउनुभएको छ ।  
कम्बोडियामा पछिल्लो एक दिनमा ६२२ जना नयाँ सङ्क्रमितहरु थपिएको विवरण सरकारी अधिकारीहरुले सोमबार सार्वजनिक गरेका छन् । योसँगै देशभरी अहिलेसम्म कूल सङ्क्रमितहरुको सङ्ख्या एक लाख चार हजार ७१६ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएसँगै कम्बोडियामा कोरोनाका कारण अहिलेसम्म दुई हजार १२३ को मृत्यु भएको छ ।– सिन्ह्वा
 

प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  २१:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार