पञ्जाबको मुख्यमन्त्रीका रूपमा काँग्रेस नेता चन्नीद्वारा सपथ ग्रहण

सोमबार, असोज ४, २०७८

चण्डीगढ । कांग्रेस नेता चरनजीत सिंह चनीले सोमबार पञ्जाबको मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन् । उनी पञ्जाब राज्यमा मुख्यमन्त्रीको पद सम्हाल्ने पहिलो दलित व्यक्ति भएका छन् । पञ्जाब राज्यपाल बनवारीलाल पुरोहितले राज भवनमा आयोजित समारोहबीच चन्नीलाई शपथ ग्रहण गराएका थिए । चन्नीले पञ्जाबी भाषामा सपथ ग्रहण गरेका थिए । काङ्ग्रेस नेता अमरिन्दर सिंहले पदबाट राजीनामा दिएपछि कांग्रेसले आइतबार चन्नीलाई पञ्जाबको मुख्यमन्त्रीको रूपमा चयन गरेको थियो ।– पीटीआई  

 

प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  २१:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार