सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं : नेकपा (एमाले)ले स्थायी कमिटी बैठक जारी रहेको छ । आइतबारदेखि ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठक आज पनि जारी रहेको हो ।
अहिले स्थायी कमिटी सदस्यहरूले विधान संशोधनमाथि आफ्नो धारणा राखिरहेका छन् । आज सत्यनारायण मण्डलदेखि रघुवीर महासेठसम्म १८ जना स्थायी कमिटी सदस्यले पार्टीको विधान संशोधन, राजनीतिक र सांगठनिक प्रतिवेदन सुझाव राखेका छन् ।
आइतबार पार्टी उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव धनश्याम भुसाल, अमृतकुमार बोहरा, केशव बडाल, पुष्प कँडेललगायतले प्रस्तावमाथि सुझाव राखेका थिए ।
स्थायी कमिटी सदस्यले सुझाव राखिसकेपछि आज नै तीनवटै प्रस्ताव पारित गर्ने एमालेले जनाएको छ । पारित गरिएको प्रतिवेदन यही ८ असोज र ९ असोजमा हुने केन्द्रीय कमिटी बैठकमा पेस गरिने छ ।
ती प्रतिवेदन केन्द्रीय कमिटीबाट पनि आएको सुझावको आधारमा विधान महाधिवेशनमा पेस गरिने छ । एमालेको विधान महाधिवेशन यही १५ असोजदेखि १७ असोजसम्म गोदावरीमा हुने भएको छ ।