नेकपा एसले बोलायो केन्द्रीय कमिटी बैठक

सोमबार, असोज ४, २०७८
काठमाडौं : नेकपा (एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।  बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

एमालेबाट विभाजन भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले राजनीति तथा समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  १८:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार