खस्कियो ब्राजिलका राष्ट्रपति बोल्सोनारोको लोकप्रियता

सोमबार, असोज ४, २०७८
ब्रासिलिया : ब्राजिलमा राष्ट्रपति जेयर बोल्सोनारोको लोकप्रियता निरन्तर घटेको देखिएको छ ।
 
प्रमुख विपक्षी वर्कस पार्टीका नेता तथा पूर्व राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाको तुलनामा उनको लोकप्रियता खस्किएको एक सर्वेक्षणले देखाएको हो । व्राजिलमा आगामी वर्ष राष्ट्रपति निर्वाचन हुँदैछ । 

डाटाफोलहा नामक एक संस्थाले गरेको सर्वेक्षणमा सिल्भालाई ४४ प्रतिशत मतदाताले समर्थन गरेका छन् भने बोल्सोनारोको पक्षमा २६ प्रतिशत देखिएका छन् । मुल्यबृद्धि, बेरोजगार र कोभिड नियन्त्रणमा राष्ट्रपतिको बिफलतालगायतका कारण  उनको लोकप्रियता निरन्तर खस्किएको सर्वेक्षणमा देखिएको हो । 

अर्को वर्ष हुने निर्वाचनमा दुवै नेताले आधिकारिक रुपमा उम्मेदवारी घोषणा गरेका छैनन् । तर, बोल्सोनारोले पुनः उम्मेदवारी दिएमा उनी पराजित हुने सम्भावना रहेको यसअघि गरिएका सर्वेक्षणले देखाएका थिए । 

यसअघि कोराना नियन्त्रणमा आवश्यक पहल नगरेको भन्दै ब्राजिलका महाअभियोजकले राष्ट्रपति र स्वास्थ्यमन्त्रीमाथि संसदीय अनुसन्धान सुरू गरेका थिए । कोरोना नियन्त्रण गर्न राष्ट्रपतिले उचित कदम नचालेको भन्दै उनीबिरुद्ध अदालतमा उजुरी परेको थियो ।-एजेन्सी
 

प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  १३:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार