सोसल मिडिया
Contact Us
युनिकोड
५० प्रतिशत मतगणना हुँदा युनाईटेड रसियाले ४६ प्रतिशत र प्रमुख विपक्षी कम्युनिस्ट पार्टीले २१ प्रतिशत मत पाएको छ । तल्लो सदन डुमामा कूल चार सय ५० स्थानका लागि भएको निर्वाचनमा व्यापक धाँधली भएको विपक्षीले आरोप लगाएका छन् ।
तीन चरणमा गरिएको निर्वाचनमा १४ ओटा राजनीतिक दलहरुले प्रतिष्प्रर्धा गरेका थिए । पुटिनका आलोचकलाई भने प्रतिष्प्रर्धामा रोक लगाइएको थियो ।
सरकारले केही महिनाअघि पुटिनका प्रमुख प्रतिद्वन्द्वी अलेक्सी नभाल्नीलाई कैद गरेको थियो । उनले नेतृत्व गरेको संगठनलाई ‘अतिवादी’ घोषित गर्दै प्रतिबन्ध लगाइएको थियो ।
निर्वाचनको पूर्वसन्ध्यामा नभाल्नीका मुख्य सहयोगीलाई पक्राउ गरिएको थियो ।-एजेन्सी