सोसल मिडिया
Contact Us
युनिकोड
एमाले सांसदहरूको नाराबाजीबीच सोमबारको बैठकलाई कार्यसूचीमा प्रवेश गराएका सभामुख सापकोटाले अर्काे बैठक ७ असोज दिउँसो २ बजे बस्ने जानकारी दिएका हुन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक पारित गरेको छ ।
आर्थिक विधेयक २०७८ माथिको दफावार छलफल आउँदो बिहीबार छलफल हुने भएको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएसँगै यसको दफावार छलफल ७ असोजमा हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
एमाले सांसदको नाराबाजी भइरहँदा विनियोजक विधेयक पारित गरेको बैठकले आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई पनि स्वीकृत गरेको हो ।