चीनमा ७८ प्रतिशत नागरिकले लगाए कोभिड–१९ खोप

सोमबार, असोज ४, २०७८

बेइजिङ । चीनमा शनिबारसम्म कोभिड–१९ खोप प्राप्त गर्ने व्यक्तिको कूल सङ्ख्या एक अर्ब १० करोड पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । यो सङ्ख्या कूल जनसङ्ख्याको ७८ प्रतिशत हो । कोभिड–१९ प्रतिक्रियाका लागि राज्य परिषद् अन्तर–संस्थान कार्य दलको तथ्याङ्कअनुसार मुख्य भूमि चीनमा एक अर्ब दुई करोडभन्दा बढी मानिसहरूले कोभिडविरूद्धको खोपको पूरा मात्रा लगाइसकेका छन् । चीनमा कोभिड–१९ विरूद्धको एक खोप लगाउनेको सङ्ख्या दुई अर्ब १७ करोडभन्दा बढी पुगेको छ । कोभिड–१९ विरूद्धको खोप धेरै लगाउने विश्वका प्रमुख देशहरूमध्ये चीन एक भएको उक्त कार्यदलले बताएको छ ।–सिन्ह्वा   

 

प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  ०५:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार