अफगान शरणार्थीलाई सहयोग गर्न राष्ट्रसङ्घीय उच्चायोगको अनुरोध

आइतबार, असोज ३, २०७८

इस्लामावाद । शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्च आयोगले अफगानिस्तानको अवस्थाको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराएको छ । यहाँको अवस्था दिन प्रतिदिन खराब हँुदै गएको भन्दै सो निकायले अफगानिस्तानका नागरिकका लागि पनि यहाँका तालिबानसँग सम्पर्कमा रही रहन आग्रह गरेको हो ।
हाल इस्लामावादको भ्रमणमा रहनुभएका शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्च आयुक्त फिलियो ग्रान्डीले अफगानिस्तानमा मानवीय सहायताको खाँचो रहेको बताएका हुन् ।
उनले भने, “हामी पनि अफगानिस्तानमा मानवीय सहायताको कामका लागि अहिले सङ्लग्न भइरहेका छौँ । अरु पनि विश्व समुदाय यहाँको अवस्थाको बारेमा जानकार रहने र आवश्यक सहयोगका लागि लाग्नुपर्ने छ ।”
हाल अफगानिस्तानको अन्तरिक प्रशासनसँग सङ्लग्न भएर आफूले काम गरेको धारणा उनले राखे ।
उनले अफगानिस्तानमा अहिले पनि ठूलो सङ्ख्याका महिला तथा बालबालिकाका लागि सहायताको खाँचो परेको बताए ।
यसका लागि विश्व समुदाय चनाखो नहुने हो भने यहाँको अवस्था झन् बिग्रँदै जाने पनि उनले बताए । अहिले अफगानिस्तानमा धेरै कुराको खाँचो छ, यहाँका नागरिकलाई खाना, औषधि, बास तथा अन्य सबैचिज चाहिएको छ उनले भने ।
उनका अनुसार यहाँको आर्थिक अवस्था झन् नाजुक छ । यहाँ आर्थिक सङ्कट आइसकेको जानकारी उनले दिए ।

अफगानिस्तानलाई सहयोग गर्न चीनको आग्रह

चिनियाँ दूतले अफगानिस्तानलाई सहयोग गर्न विश्व समूदायसँग आग्रह गरेका छन् । उनले भनेका छन्, ‘आफ्नो चाहना र मोडेलमा नै सहयोग गरौँ तर अहिले अफगानिस्तानलाई सहयोग गर्न आवश्यक छ ।’
हाल अफगानिस्तानलाई मानवीय सहयताको खाँचो रहेकोले सहयोग गर्नुपर्ने उनले बताएका छन् । अफगानिस्तानको क्षेत्रीय अखण्डता र उनीहरुको स्वतन्त्रताको सम्मान गर्दै सबै विदेशी समूदायले सहयोग पु¥याउनु पर्ने उनको धारणा थियो ।
संयुक्त राष्ट्रसङ्घका लागि चिनियाँ उप प्रमुख स्थायी प्रतिनिधि दाइ बिङले सो धारणा राखेका हुन् ।
उनले अहिले पनि अफगानिस्तान अन्तरराष्ट्रिय आतङ्कवादी जम्मा हुने ठाउँ बन्ने खतरा रहेको भन्दै अफगानिस्तानलाई यस्तो ठाउँ हुन दिनबाट बचाउन र त्यहाँका नागरिकलाई सहयोग गर्नका लागि विश्व समूदायलाई आग्रह गरेका छन् । अहिले पनि अफगानिस्तानमा सहयोग र मानवीय सहायताका कार्यक्रम लिएर जानुपर्ने उनले बताएका छन् ।–सिन्ह्वा

 

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १७:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार