संविधान जारी गरेपछि जनताको युग सुरुवात भयो : ओली

आइतबार, असोज ३, २०७८
काठमाडौं : एमाले केपी ओलीले संविधान जारी भएसँगै समान्ती युग अन्त्य भएर नयाँ युगको सुरुवात भएको बताएका छन् । संविधान जारी भएसँगै वास्तविक जनताको राजको युग सुरुवात भएको बताएका ओलीले असमानता, थिचोमिचो र भेदभावको युगको अन्त्य गर्ने र नयाँ युगको नयाँ विहानीको प्रारम्भ गरेको बताए । 

एमालेद्वारा आइतबार आयोजित संविधान र राष्ट्रिय दिवस कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले संविधान बनाउँदा देशभित्र र बाहिर व्यापक रूपमा जनस्तरमा र सामाजिक जीवनका सबै क्षेत्रमा बहस गरेको जानकारी दिए । 

संविधान बनाउने क्रममा स्वार्थ समूहहरू तानातान भएको भएको स्मरण गर्दै उनले भने, ‘विभिन्न देशका संविधानसँग तुलनात्मक अध्ययन भए । विगतका अनुभवलाई ध्यानमा राखेर नेपालको संविधान निर्माण ग¥यौँ । यद्यपि, त्यसक्रममा स्वार्थ समूहहरु तानातान भए । आफ्ना अधिकार हितलाई सुनिश्चित गर्नु स्वभाविक भए । विभिन्न शक्तिका दबाब झेलेर पराजित गरेर संविधान जारी गर्‍यौँ  ।’

जनतालाई सम्पूर्ण स्रोत मानेर संविधानमा वर्चश्व हासिल गरेको बताएका उनले भने, ‘सार्वभौमसत्ता सम्पन्न जनताले आफ्नो सार्वभौमसत्ता मूल संविधानमा वर्चश्व हासिल गरे । जनता नै सम्पूर्ण शक्तिको स्रोत हुन भनेर व्यवस्थित गरियो । यस दिनको असाधारण महत्व छ । त्यसैले राष्ट्रिय दिवस भन्यौं । कुनै कुल घराना व्यक्ति होइन जनता सर्वोपरि हुन्छ । संविधानमार्फत व्यवस्थित गरिएको छ । जनतामा रहेको सार्वभौमसत्ता सम्पूर्ण हिसाबले जनतामा संवैधानिक सर्वोच्च कायम भएको हिसाबले यो दिन विशेष छ ।’

‘नेपाली जनताले गरेको त्याग बलिदान र योगदान गलत थिएन । समानता र न्यायका लागि योगदान गरे । ति सबैको संविधानले सम्मान गरेको छ । सफलताको आसनमा ल्याएको छ’, अध्यक्ष ओलीले भने, ‘यसले सापेक्षित रुपमा भन्ने हो भने राजनीतिक परिवर्तनका लागि संघर्ष गर्नुपर्ने अवस्था अन्त्य गरेको छ । साथसाथै संविधान जारी हुने कुरामा नेपालमा एउटा ठूलो बहसको विषय राजनीतिक आन्दोलन क्रान्ति परिवर्तनका लागि हिंसा अनिवार्य हो कि हैन भन्ने प्रश्न छ । हामीले अनेकौँ सशस्त्र युद्ध रोक्यौं । हतियारमात्रै परिवर्तन होइन । परिवर्तनका लागि हिंसा आवश्यक छैन । यो स्वीकार्य पनि छैन भनेको छ ।’

समानुपातिक समावेशी सहभागिता, पछाडि परेको समुदाय अगाडि बढाउने नीति निर्माण, जनप्रतिनिधिमुलक संस्था जनताको सामाजिक जीवन सबैको प्रतिनिधित्व हुन सकेको ओलीको भनाइ छ । 

‘संविधानले सबलीकरण, सशक्तिकरण सामाजिकीकरण शिक्षा स्वास्थ्य रोजगारीजस्ता मौलिक कुरालाई समेटेको छ । हाम्रो संविधान उत्कृष्ट छ’, उनले भने, ‘केन्द्रीय एकीकृत शासन प्रणालीलाई चुनौती दिएको छ । तीन तहको सरकारले काम गरिरहेको छ । कतिपयले सिंहदरवार गाउँमा कहाँ छ भनेर खिसिट्युरी गर्छन् । सिंहदरबार गाउँमा पुर्याउने भनेको सिंहदरवा बोकेर गाउँमा लाने होइन सिंहदरवारका अधिकारहरु गाउँमा पु¥याउने हो । पहिले सिंहहदरबारबाट शासन हुन्थ्यो भने अहिले पालिका पालिकाबाट हुन्छ । केही कमजोरी होला । तर प्रणाली रामो हो ।’

'अहिले संविधान सर्वस्वीकार्य भएको छ'
एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले नेपालको संविधान सर्वस्वीकार्य भएको दाबी गरेका छन् । सातौं संविधान दिवसका अवसरमा बोल्दै अध्यक्ष ओलीले देशी विदेशी अवरोध भए पनि एमालेको नेतृत्वमा संविधान सर्वस्वीकार्य भएको जिकिर गरे ।

संशोधनका नाममा विदेशी गुहार्ने काम भएको उल्लेख गर्दै उनले त्यसलाई परास्त गरिएको बताए । 'विदेशमा गएर संविधान संशोधन गर्न सकिएन, तपाइँले सहयोग गरिदिनुपर्‍यो भनियो सर्वस्वीकार्यताको नाममा । तर, अहिले स्वीकार्य भएको छ । विरोध गर्ने शक्तिहरुले स्वीकारेका छन् । संवैधानिक प्रक्रियामा सहभागी भएका छन् । अहिले संविधान सर्वस्वीकार्य भएको छ । मूल्यमान्यताहरू सर्वस्वीकार्य भएको छ । सर्वस्वीकार्य बनाउने काममा एमालेले अगुवाइ गरेको छ । हाम्रो पार्टी गर्व गर्छ,' उनले भने ।

ओलीले संविधानको रक्षा, विकास र कार्यान्वयनमा ध्यान जानुपर्ने औल्याउँदै आफ्नो पार्टीले प्रभावकारी भूमिका खेल्ने बताए ।

ओलीले संविधान र संविधानसभा भन्नेहरुले नै संविधान बनाउने शक्तिलाई अवरोध गर्ने, माइकले हान्ने काम गरेको भन्दै एमालेले त्यसको डटेर सामना गरेको, नाकाबन्दीको सामना गरेको र स्वाभिमान र दृढताका साथ अघि बढेको उल्लेख गरे । 'त्यसको नेतृत्व हाम्रै पार्टीको सरकारले गर्‍यो । अरुले खुट्टा कमाएका बेला एमालेले अत्यन्त दृढताका साथ सामना गर्‍यो,' उनले भने ।  

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १५:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार