आँधीका कारण जापानका ४९ उडान रद्ध

आइतबार, असोज ३, २०७८

टोकियो । आँधीका कारण जापानमा ४९ उडान रद्ध भएका छन् । चान्थुमा आएको आँधीका कारण कम्तीमा पाँच जना घाइते भएको जनाइएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीले जनाएका छन् । जापानको दक्षिणपश्चिमी क्षेत्रका उडान रद्ध भएको स्थानीय सञ्चारमाध्यमले शनिबार समाचार सम्प्रेषण गरेका छन् । आँधीले नागासाकी, फुकुओका, सागालगायतका क्षेत्रमा असर पारेको पनि सरकारी अधिकारीले जानकारी दिएका छन् । आँधी प्रति सेकेण्ड ३० मीटरको गतिमा आएको थियो । जापानमा आँधी, भूकम्पलगायतका प्राकृतिक प्रकोपका कारण बर्षेनी धनजनको  ठूलो क्षति हुने गरेको छ ।– एएनआई

 

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  ०९:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार