सोसल मिडिया
Contact Us
युनिकोड
बुएनोसएैर । अर्जेन्टिनाको मन्त्रिपरिषद्मा फेरि फेरबदल गरिएको छ । राष्ट्रपति अल्बेर्टाे फेर्नान्डोजले नयाँ राजनीतिक सङ्कट उत्पन्न भएसँगै मन्त्रिपरिषद्मा पुनःहेरफेर गरेको जनाइएको छ । नयाँ मन्त्रिपरिषद्मा अनिबाल फर्नेन्डोजले सुरक्षा, जुलियन डोमिन्गुजले कृषि, जोन पेर्जाक्सले शिक्षा र डानियल फिल्मुसले विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेबारी पाएका छन् । योसँगै प्रमुख प्रशासकको जिम्मेबारी पनि जोन मन्जुरलाई दिइएको छ । उनी यसअघि तुकुमन प्रान्तको गभर्नर थिए । राष्ट्र«पति फेर्नान्डोजले विदेश मन्त्रीलाई पनि उनी विदेशमा रहेकै बेला पदमुक्त गरेका छन् । विदेश मन्त्री फिलिप सोला ल्याटिन अमेरिकी समूदायको सम्मेलनमा सहभागी हुन मेक्सिको गएका छन् । सम्मेलन शनिबारदेखि शुरु भएको छ । सम्मेलनमा राष्ट्र«पति फेनान्र्डेजसमेत सहभागी हुने कार्यक्रम रहेपनि उनको भ्रमण स्थगित भएको छ । उनले देशभित्रको राजनीतिक सङ्कटकै कारणले भ्रमण स्थगित गरेको उनको सचिवालयले जनाएको छ । उनले अर्काे हप्ता अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभासमेतमा सहभागी नहुने निर्णय सुनाइसकेका छन् । मन्त्रिपरिषद्का नयाँ सदस्यलाई सोमबार सपथ ग्रहण गराउँदै जिम्मेबारी सुम्पिने राष्ट्र«पतिको योजना छ । उनले जोन रोसलाई नयाँ सञ्चार सचिवको रूपमा नियुक्त गर्नु भएको छ । यसअघि सो पदमा जोन पाब्लो बिओन्डी थिए ।– एएफपी