सोसल मिडिया
Contact Us
युनिकोड
काबुल । अफगानिस्तानका एक करोडभन्दा बढी बालबालिकालाई मानवीय सहायताको आवश्यकता रहेको पाइएको छ । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले बाँच्नकै लागि आवश्यक पर्ने आधारभूत आवश्यकताबाट समेत धेरै बालबालिका वञ्चित हुने अवस्था आउन लागेको जनाएको छ । उनीहरूका लागि अत्यावश्यक पर्ने सेवा तथा सामग्री तत्काल उपलब्ध गराउनु पर्ने देखिएको पनि युनिसेफले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । ती बालबालिकालाई विषेश गरेर खाद्यपदार्थ, पिउने पानी र औषधिलगायतको आवश्यकता देखिएको हो । समयमै बालबालिकालाई अत्यावश्यक सेवा तथा सामग्री उपलब्ध गराउन नसकेमा मानवीय क्षतिसमेत हुनसक्ने युनिसेफका अधिकारीले जनाएका छन् । उनीहरूले बालबालिकामा कुपोषणलगायतका समस्या देखिने खतरा रहेको र कतिपयमा त्यसका लक्षणसमेत देखिएको जानकारी दिएका छन् । बालबालिकालाई आवश्यक पर्ने सहयोगका लागि ठूलो आर्थिक सहायतासमेतको खाँचो परेको युनिसेफले जनाएको छ । अफगानिस्तानलाई दिने भनी प्रतिबद्धता व्यक्त गरिएको मानवीय सहायतास्वरुपको रकम छिटो उपलब्ध गराउन पनि राष्ट्र«सङ्कले अन्तरराष्ट्रिय समुदायलाई आग्रह गरेको छ । कम्तीमा पनि एक अर्ब दुई करोड अमेरिकी डलर सहयोग स्वरुप उपलब्ध गराउने विभिन्न देशले प्रतिबद्धता जनाएको भएपनि कार्यान्वयन नभएपछि राष्ट्रसङ्घले फेरि आग्रह गरेको हो । अफगानिस्तानको आर्थिक अवस्था नराम्रोसँग बिग्रिएको र ठूलो मानवीय सङ्कट आउन लागेकाले सहयोगको आवश्यकता परेको राष्ट्र«सङ्घले जनाएको छ । हालै जेनेभामा भएको एक सम्मेलनमा संयुक्त राष्ट्र«सङ्घका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा विश्वको ध्यानाकर्षण गराएका थिए । उनले अफगानिस्तानमा अहिले बालबालिकासँगै महिलासमेतलाई खाद्य पदार्थ, स्वास्थ्य सामग्रीको अभाव भइरहेको पनि विश्व समुदायलाई जानकारी गराएका छन् । गत महिना सशस्त्र विद्रोहमार्फत अफगानिस्तानको सत्ता तालिबान समूहले हातमा लिएपछि अफगानिस्तानमा थप सङ्ककट उत्पन्न भएको छ । तालिबानले चलाउने सरकार कट्टरपन्थी हुने भएकाले उनीहरू उदार नहुँदासम्म सहयोग गर्न नसकिने विभिन्न देशको अडान छ । विभिन्न देशले अफगानिस्तानलाई दिने सहयोग रोकेकाले राष्ट्रसङ्घले सहयोग जुटाउनका लागि पहल गरेको छ । अफगानिस्तानमा विद्यालय खुल्न थाले
तालिबानी विद्रोहीले राजधानी काबुलमा कब्जा जमाएपछि बन्द रहेका विद्यालय करिब एक महिनापछि खुल्न थालेका छन् । फगानिस्तानका शिक्षामन्त्रालयले दिएको जानकारीअनुसार छात्रले अध्ययन गर्ने माध्यमिक, उच्च माध्यमिक र धार्मिक विद्यालय (मदरासा)हरू शनिबारदेखि सञ्चालनमा आएका छन् । मन्त्रालयले सरकारी तथा निजी दुवै विद्यालयका छात्र र पुरुष शिक्षकलाई शनिबारदेखि नियमित अध्ययन(अध्यापनमा फर्किन आग्रह गरेको छ। यहाँका प्राथमिक विद्यालय अघिल्लो हप्तादेखि सञ्चालनमा आएका छन् भने सकारी विश्वविद्यालय भने बन्द छन् ।–एएनआई