सोसल मिडिया
Contact Us
युनिकोड
तालिवानले अफगानिस्तान कब्जामा लिएपछि २६ अगस्टमा भएको आत्मघाती हमलामा १३ अमेरिकी सैनिकसहित दुई सय जना मारिएका थिए । आईएसआईएस-केले जिम्मेवारी लिएको हमलापछि अमेरिकाले जवाफी कारवाहीअन्तर्गत ड्रोन हमला गरेको थियो । हमलामा काबुल हमलाका मास्टरमाइण्ड मारिएको अमेरिकाले दाबी गरेको थियो । तर उक्त एयरस्ट्राइकमा निर्दोष नागरिक मारिए भन्दै चौतर्फी प्रश्न उठेको थियो । यसमा जाँचबुझ गरेको अमेरिकाले गल्ती स्वीकार्दै माफी मागेको हो ।
अमेरिकी रक्षा मन्त्रालयले जाँचपछि आतंकवादी नभई निर्दोष नागरिक मारिएको पाइएको जनाएको छ । अमेरिकी सेन्ट्रल कमाण्डका कमाण्डर जनरल केन्नथ मेकेंजीले स्ट्राइक एक दु:खद गल्ती भएको बताएका छन् ।
२९ अगस्टमा अमेरिकी ड्रोन हमलामा ७ बालबालिकासहित १० जना मारिएका थिए ।-एजेन्सी