झडपमा परी कम्तीमा पचासको मृत्यु 

बिहीबार, भदौ ३१, २०७८

दुबइ । यमनको मध्यप्रान्त अल बायदामा भएको झडपमा परी सरकार समर्थक सैनिक र विद्रोही गरी कम्तीमा ५० मारिएका छ ।  एएफपी समाचार समितिलाई सैनिक स्रोतले जानकारी दिएको जानकारीअनुसार झडपको क्रममा मारिएका व्यक्तिमा एक उच्च सैनिक अधिकारी पनि रहनु भएको छ । एक कर्नेल, १९ सरकार समर्थक सैनिक, कम्तीमा ३० विद्रोही मारिएको सो स्रोतले जनाएको छ । सरकार समर्थक सेना र विद्रोहीबीच भएको झपड र हवाई आक्रमणमा परी ३० विद्रोही मारिएको बताइएको छ  हुथी विद्रोहीले मारिएका आफ्ना लडाकू सङ्ख्या कम मात्र बताएका थिए । तर कम्तीमा ३० हुथी विद्रोही मारिएका सैनिक स्रोतले दावी गरेको छ । 
इरानको सहयोग रहेको यस विद्रोही समूहले हालैका हप्तामा अल बायदा प्रान्तमा आक्रमण बढाएको छ ।  साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् ।– एएफपी 

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १८:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार